दाङः गढवा गाउँपालिका–१ धानखोलास्थित सडकबाट ४ ग्राम ३ सय ८० मिलिग्राम अवैध लगूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँ बस्ने २१ वर्षीय गणेश रोका र सोही ठाउँ बस्ने २३ वर्षीय रमेश सुनार रहेका छन् ।

इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले रा १ प ४०५७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनार र मोटरसाइकलको पछाडि चढेका रोकालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १६:१९