दाङः लमही नगरपालिका–६ मा आज जिप अनियन्त्रीत भई पल्टिँदा चालक सहित ६ जना घाइते भएका छन् ।

लमहीदेखी घोराहीतर्फ जाँदै गरेको बा ११ च ९५१३ नम्बरको जिप आज बिहान पौने ९ बजे अनियन्त्रीत भएर सडकबाट अन्दाजी ३३ मिटर तल खस्दा ६ जना घाइते भएका हुन् ।

घाइते भएका जिप चालक सल्यानको छत्रेश्वरी गाउँपालिका–३ का सन्तोष बुढाथोकी, जिपमा चढेका सोही स्थानकी निर्मला के.सी., खगेन्द्र के.सी. सल्यानको बागचौर नगरपालिका–३ का तुलाराम परियार, बागचौर नगरपालिकाद्द२ का बिरेन्द्र डि.सी. र दाङको तुलसीपुर उपमहानगरपालिका–५ का प्रकाश वलीलाई उपचारको लमही तर्फ पठाईएको छ ।

घाइते मध्ये चालक बुढाथोकीको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।



प्रकाशित मितिः बिहीबार, असोज ८, २०७७, १३:३४