दाङको शान्तिनगर गाउँपालिकाको वडा नं. ३ र ४ मा झाडापखाला फैलदा शनिबार ४ सय भन्दा बढी बिरामी भएका छन् । बिरामी मध्ये ४१ भन्दा बढिको अवस्था गम्भीर रहेको छ । अधिकांशको बिरामीको स्वास्थ्य चौकीमा उपचार भैरहेको र गम्भीर बिरामीहरुलाई तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा रिफर गरिएको छ ।

शनिबार बिहानदेखि शुरु भएको झाडापखालाका बिरामीको चाप बढ्न थालेपछी उपचारका लागी अन्य स्वास्थ्य चौकीहरुको पनि सहयोग लिइएको छ । स्वास्थ्य चौकीमा ठाउँ अभाव र औषधि अभावका कारण पनि  केहि बिरामीहरुलाइ भने थप उपचारका लागि अञ्चल अस्पताल तुलसीपुर रिफर गरिएको हो ।

झाडापखाला फैलिनुमा दूषित पानीको कारण हुनसक्ने अनुमान गरिएको छ ।


। खानेपानीको मुहानमा प्रदूषण भएका कारण झाडापखाला फैलिएको प्रारम्भिक अध्ययनबाट देखिएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।