दाङ: पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ र ४ मा झाडापखालाका कारण बिरामी परेकाहरुको अवस्था अहिले सामान्य बन्दै गएको छ । शनिबार बिहानदेखि सूरु भएको झाडापखालाले गए राति १ बजेसम्म सो गाउँका ४ सय जना भन्दा बढि बिरामी परेका थिए ।
झाडापखालाका बिरामीको चाप बढ्न थालेपछी सदरमुकाम घोराहीबाट स्वास्थ्यकर्मीको टोली उपचारका लागि परिचालन गरिएको थियो ।
बिरामी मध्ये गम्भीर ४१ जनालाई राप्ती अञ्चल अस्पतालमा थप उपचारका लागि लगिको थियो । राप्ती अञ्चल अस्पतालले एक जना बिरामीलाई कोहलपुर शिक्षण अस्पताल रिफर गरेको थियो भने ४० बिरामीमध्ये २९ जनाको राप्ती अञ्चल र बाँकीको तुलसीपुरमा रहेको सिटी अस्पतालमा उपचार भइरहेको छ ।
।
झाडापखालाबाट बिरामी पर्नेमा अधिकांश महिलाहरु रहेका छन् । खानेपानीको मुहानमा प्रदूषण भएका कारण झाडापखाला फैलिएको प्रारम्भिक अध्ययनबाट देखिएको स्वास्थ्यकर्मीहरुले जनाएका छन् ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook