दाङः घोराही उपमहानगरपालिका–१५ बालमन्दिर बस्ने झुपल केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय खगेन्द्र सापकोटा लगायत ५ जनालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८० हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ६ गते सोमबार, १७:४७