दाङः तुलसीपुर उपमहानगरपालिका–६ बरुवागाउँ बस्ने खुमान सिंह वलीको घरमा तास खेलिरहेका सोही ठाउँ बस्ने ४२ वर्षीय ज्ञान बहादुर डागी लगायत १५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख ३९ हजार ६ सय ६० रुपैयाँ र ४ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १९ गते आइतबार, १७:०६