दाङः दाङमा खोलामा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा लमही नगरपालिका–९ बाङेतालकी १४ वर्षीया टीका घर्ती र घोराही उपमहानगरपालिका–१० नारायणपुरकी १५ वर्षीया निरु बोहरा रहेको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुकी ६ बजेतिर घर नजिकै रहेको सिमलसोता खोलामा नुहाउन गएको समयमा पौडी खेल्ने क्रममा उनीहरु डुबेका थिए ।

तत्कालै उद्धार गरी अस्पताल लगिए पनि लमही अस्पतालमा उपचारको क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मृतक घर्ती लमहीमा र बोहोरा नारायणपुरमा कक्षा ९ मा अध्ययनरत खुल्न आएको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज १७, १०:३८