दाङ: बाँके राष्ट्रिय निकुञ्जमा जंगली जनावरका लागि थापिएको बन्दुकको धरापमा परेर दुईजना घाइते भएका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने दंगिशरण गाउँपालिका १ स्थित कनरिया सामुदायिक वनमा जंगली जनावरका लागि थापिएको बन्दुकको धरापमा परेर फुर्केसल्लीका २० वर्षीय कृष्णकुमार घर्ती र २५ वर्षीय भिम घर्ती घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

शुक्रबार बेलुकी हराएका गोरु खोज्न जंगल गएको बेला बन्दुकको एम्बुस पड्किदा दुवै जनाको खुट्टामा गोली लागेको इप्रका तुलसीपुरले जनाएको छ। राप्ती अञ्चल अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि उनीहरूलाई  थप उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ।
। प्रहरीले घटनास्थलबाट एकथान भरूवा बन्दुक बरामद गरेको छ।
बन्दुकको एम्बुस थापेको आरोपमा दंगिशरण १ बाँकी बेटारपुरका बिजुली डाँगीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।