दाङः बबइ गाउँपालिका–६ मा आज बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ४७ वर्षीय चित्र बहादुर डागी रहेका छन् ।

ना ४ ख ६३ १० नम्बरको बसमा रा ३ प ४८६ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको लागी राप्ती प्रदेशिक अस्पताल तुलसीपुर लैजाने क्रममा बाटोमै मृत्यु हो ।

घाइते भएका मोटरसाइकलमा पछाडि चढेका ४२ वर्षीय मान बहादुर देवकोटाको सोही अस्पतालमै उपचार भइरहेको छ ।

बस चालकलाई इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ ।1


प्रकाशित मितिः २०७७ साल कार्तिक २६ बुधबार, १९:२३