दाङः दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन् ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–११ कटाँहामा माइतीघर भई हाल डाँगी तुलसीपुर–६ बरुवा गाउँमा कोठा भाडामा लिएर बस्दै आएकी २४ वर्षीया पवित्रा डाँगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रहरीका अनुसार बिहीबार बेलुकी ८ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ८४२ नम्बरको मोटरसाइकल तुलसीपुरको बेलझुन्डीमा दुर्घटना हुँदा डाँगी गम्भीर घाइते भएको र उनको उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालक तुलसीपुर–९ बेलुवाका ४८ वर्षीय कुलबहादुर डाँगीलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रकाशित मितिः शुक्रबार, पुस १८, १२:२०