दाङः तुलसीपुर उपमहानगरपालिका–३ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

सात्तलेबाट तुल्सीपुरतर्फ आउँदै गरेको रा १ ह २५६७ नम्बरको अटोलाई रा ६ प ४९०२ नम्बरको मोटरसाइकलले ओभरटेक गर्ने क्रममा दुबै सवारी साधन पल्टिँदा अटो चालक तुलसीपुर उपमहानगरपालिका–४ का २३ वर्षीय मदन वलीको मृत्यु भएको हो ।

घाइते उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा आएका दुई जना र अटोमा सवार तीन जनाको सोहि अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १९ गते आइतबार, १६:५७