दाङ-  दाङमा स्थानीय र प्रहरीबीच झडप हुँदा ३ प्रहरी सहित ८ स्थानीय घाईते भएका छन् । बलात्कार मुद्दामा थुनामा रहेका युवकको बारेमा जानकारी लिन गढवा स्थित ईलाका प्रहरी कार्यालय पुगेका स्थानीय र प्रहरीबीच विवाद भएको थियो। विवादले उग्ररुप लिएपछि झडप भएको स्थानीयले बताएका छन्।

चार महिना अघि विवाह गरेका गढवाका एक युवकमाथि श्रीमतीका तर्फबाट बलात्कारको उजुरी परेपछि प्रहरीले ति श्रीमानलाई बलात्कार आरोपमा नियन्त्रणमा लिएको थियो । श्रीमतीले स्वयं आँफू बलात्कृत भएको भन्दै श्रीमतीले  प्रहरीमा उजुरी गरेपछि प्रहरीले ति युवकलाई नियन्त्रणमा लिएको हो ।


। ‘श्रीमती भनिएकै युवतीले नै आँफू माथि बलात्कार भएको भनेर उजुरी दिएपछि हामीहरुले नियन्त्रणमा लिएका हौँ,’ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी अनुसार ‘उजुरी दर्ता भैसकेको छ, अनुसन्धान चलिरहेको छ।’ तर स्थानीयले यो मुद्दालाई मिलाउनु पर्ने भन्दै दबाब दिन थालेपछि शुक्रवार झडपको स्थिती निम्तीएको उनले वताए। प्रहरी नियन्त्रणमा रहेका ति युवकको अवस्था बुझ्नका लागि भेट्न खोज्दा प्रहरीले भेट्न नदिएपछि स्थानीय आक्रोशित बन्न पुगेको वताईएको छ।

घटनामा तीन जना प्रहरी मात्रै घाईते भएको भएपनि स्थानीय भने कोहि पनि घाईते नभएको प्रहरीले दाबी गरे । तर स्थानीयले ८ जना घाईते भएको वताएका छन् । प्रहरी र स्थानीय विच लाठी तथा ढूंगाहानाहान चलेको थियो । स्थिती तनावपूर्ण बनेपछि प्रहरीले दुई सेल अश्रुग्याँस प्रहार समेत गरेको थियो।