काठमाडौंः आज बिहान दार्चुलामा भूकम्पको धक्का महसूस गरिएको छ ।

बिहान ९ बजेर ४८ मिनेटमा दार्चुला केन्द्रबिन्दु भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ ।

दार्चुलाको सुनसेरा आसपास गएको भूकम्पको धक्का छिमेकी जिम्ला र भारतमासमेत महसुस गरिएको थियो ।


प्रकाशित मितिः २०७७ साल पुस २८ गते मंगलबार, १३:१२