काठमाडौंः केही दिन भयो, काठमाडौंको आकाश लगातार धुम्म छ ।

दिल्लीको वायु प्रदूषणले अन्तर्राष्ट्रिय चर्चा पाइरहेका बेला धेरैलाई आशंका भयो– यहाँ पनि उत्तैको विषाक्त वायु त आइपुगेन?

तर, विज्ञहरु भन्छन्– यो बाह्य प्रभाव होइन । काठमाडौंको वायुमण्डल आफैंमा प्रदूषित छ । हामीले पलपल सास फेर्ने हावामा धुवाँ र धुलोको मात्रा अत्यधिक छ । सरकार र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको भन्दा ६ गुणा बढीसम्म त्यस्तो धुवाँधुलो रेकर्ड भएको छ ।

सम्झनुहोस् हाम्रो टाउकाको एउटा रौं । यसको औसत मोटाइ १०० माइक्रोमिटर हुन्छ । त्यो मोटाइलाई ४० भाग लगाउने हो भने एउटाको आकार २.५ माइक्रोमिटर बराबरको बन्छ ।


। यसलाई हाम्रा आँखाले देख्न सक्दैन । प्राविधिक भाषामा यसलाई (पार्टिकुलेट्स म्याटर) पीएम–२.५ भनिन्छ । यो समाचार आजको कान्तिपुरले दोस्रो पृष्ठमा छापेको छ ।


प्रकाशित मितिः आइतबार, कार्तिक २४, ०७:१३