काठमाडौंः कोरियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक दिल बिश्वकर्माले आफ्नो पहिलो डेब्यु गीत ‘अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

डान्सिङ बिटको यस गीतमा स्वर गायक विश्वकर्माको रहेको छ भने प्रकाश न्यौपानेको शब्द रहेको छ । तिलक बस्नेतले संगीतवद्ध गरेको गीतलाई रमेश सेन्चुरीले संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा नायिका आँचल शर्माको साथमा कलाकार सुलेमान शंकर (इकु) र सागर लम्साल ‘बले’ फिचर्ड छन् ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन् । विकाश दाहालले सम्पादन गरेको भिडियोलाई मुस्कान ढकालको निर्देशनमा तयार पारिएको हो ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक ८ शनिबार, १६:१३