काठमाडौंः दिलिप स्मृति तेक्वान्दो डोजाङको खेलाडी ग्रेडिङ आज सम्पन्न भयो । ग्रेडिङमा विभिन्न तहका ६० खेलाडीको परीक्षा लिइएको डोजाङका प्रमुख प्रशिक्षक राजेन्द्र खत्रीले जनाएका छन् ।
दोश्रो डानमा ३, पहिलो डानमा १ र हाफ ब्ल्याकमा ४ खेलाडी सहभागी थिए । बाँकी जुनियर खेलाडी थिए ।
डोजाङले परीक्षाको विवरण काठमाडौं जिल्ला तेक्वान्दो संघमा पठाउने छ । जिल्लाले नेपाल तेक्वान्दो संघ र तेक्वान्दो संघले दक्षिण कोरियास्थित कुकिवनमा पठाउने प्रमुख प्रशिक्षक खत्रीले जानकारी दिए । कुकिवनबाट खेलाडीले प्रमाण पत्र पाउने बताइएको छ ।
२०७१ सालमा स्थापना भएको डोजाङको यो सातौं ग्रेडिङ हो ।
।
प्रकाशित मितिः २०७७ साल मंसिर १९ शुक्रबार, १२:४२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook