काठमाडाैंः   घर नजिकैको औरही खोलामा भइरहेको उत्खनन् रोक्न गएका दिलिप कुमार महतोको हत्यामा संलग्न आरोपित तीन जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उक्त घटनामा दोषी तीन जनालाई लाई धनुषा जिल्ला अदालतको आदेशमा कारागार पठाइएको छ । र अन्य तीन जनालाई धरौटीमा छाडिएको छ । खोला उत्खननको बिरोध गर्न जाँदा धनुषाको मिथिला नगरपालिका ५ श्रीनगरका दिलिपकाे गत पुस २५ गते बिहान हत्या गरिएकाे थियो ।

अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलाशले क्रसर उद्योगी बिपिन महतो, टिपर चालक मुनिन्द्र महतो र लोडर चालक जितेन्द्र महतोलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।


। यस्तै घटनाका दोषी रोशनकुमार यादव, सत्यनारायण महतो र शत्रुधन महतोलाई २५ हजार धरौटी लिएर साधारण तारेखमा रिहा गर्ने आदेश दिइएको छ ।

अदालतको आदेश लगत्तै तीन जनालाई कारागार पठाइएको धनुषा प्रहरीले जनाएको छ ।थियो । उनको फलामको रड घोंचेर बेहोस बनाई टिपरले किचेर हत्या गरिएको थियो ।


प्रकाशित मितिः शुक्रबार, फागुन २, १४:२३