मुम्बईः भारतको दिल्ली राज्यका विद्यालयहरु अझै एक महिना बन्द गरिने भएको छ ।

कोरोना महामारीका कारण केही महिनादेखि भारतका सबै विद्यालयको पठनपाठन बन्द छ ।

दिल्ली राज्यका उप मुख्यमन्त्री मनिष सिसोडियाले आउँदो जुलाई ३१ सम्म राज्यका सबै स्कूल बन्द गरिने बताए ।

कोरोना भाइरस महामारीको त्रासका बेला अझै पनि विद्यालय खोल्न नसकिने उनले बताए ।

उप मुख्यमन्त्री सिसोडियाले सरोकारवाला र उच्च सरकारी अधिकारीहरुसँगको बैठकले अहिले विद्यालय खोल्न नहुने निष्कर्ष निकालेको बताए ।


प्रकाशित मितिः आइतबार १४ अषाढ, २०७७, ०७:१४