इन्डियन प्रिमियर लीग ९आईपीएल० अन्तर्गतको खेलमा सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

आइतबार नयाँ दिल्लीस्थित कोट्ला मैदानमा सम्पन्न भएको दिल्ली डेयर डेभिल्स र मुम्बई इन्डियन्स बीचको खेलमा सन्दिपले दिल्ली डेयर डेभिल्सको तर्फबाट ४ ओभरको खेलमा ३६ रन खर्चीदै ३ किकेट लिन सफल भएका हुन् ।

सन्दिपलाई दिल्लीको तर्फबाट पहिलो ओभरको बलिङ गर्न दिइएको थियो । पहिलो ओभरको चौथो बलमा मुम्बई इन्डियन्सका सूर्यकुमार यादबलाई आउट गरेका उनले ९.१ ओभरमा पोलार्ड र ९.४ ओभरमा क्रुनाललाइ आउट गर्दै २ विकेट जोड्न सफल बने ।

दिल्लीको तर्फबाट खेलेका सन्दिपको आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स अफ बैंगलुरुविरुध्द ४ ओभरमा १ विकेट लिँदै २५ रन मात्र खर्चीएका थिए ।


त्यस्तै दोश्रो खेलमा चेन्नई सुपर किंग्सविरुध्द ४ ओभरको समयमा १ विकेट लिँदै एक्काइस रन मात्र खर्चिदै ‘स्टाइलिस प्लेयर अफ द म्याच’ हुन सफल भएका थिए ।

यसरी सानदार प्रदर्शन गर्दै हरेक टिमलाइ दबाबमा पार्दै आएका सन्दीपको खेललाई दिल्ली डेयर देभिल्सले आफ्नो जितको मुख्यपाटो रहेको बताएको छ भने थुप्रै भारतीय खेल सञ्चारमाध्यमले सन्दिपलाइ दिल्लीले पहिला नै मौका दिनु पर्ने रहेको बताएका छन् ।

आगामी खेलका लागि राम्रो सम्भावना बनाउन सफल बनेका सन्दिपलार्इ दिल्ली डियर देभिल्सले २० लाख भारतीय रूपैंया तिरेर आफ्नो टीममा आबद्ध बनाएको हो ।

उनले अरुले अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गर्दै आफुलार्इ उत्कृष्ट खेलाडी रहेको बताउन समेत सफल बने ।