इण्डियन प्रियिमर लिग अन्तर्गत शनिबार भएको खेलमा सनराइजर्स हैदराबाद विजयी भएको छ ।

हैदराबादले दिल्ली डेरडेभिल्सलाई ७ विकेटले हरायो । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो ।

१ सय ६५ रनको लक्ष्य हैदराबादले ३ विकेटको क्षतिमा १ बल अगावै पूरा गर्‍यो । हैदराबादका लागि एलेक्स हेल्सले ४५ रनको योगदान दिए । यस्तै शिखर धवनले ३३, केन विल्यामसनले ३२, युसुफ पठानले २७ र मनिष पाण्डेले २१ रन बनाए ।

बलिङतर्फ अमित मिश्रले २ विकेट लिए भने लियाम फ्लंकेटले १ विकेट हात पारे । जितसँगै हैदराबाद आईपीएल तालिकामा १४ अंक सहित शीर्ष स्थानमा छ ।


। दिल्लीको भने १० खेलमा ६ अंक रहेको छ ।