पोखराः नेपाली साहित्यका प्रसिद्ध गजलकार दीपक समिपको गजल ‘म कैदि प्रेमको’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गजल सन्ध्या पोखराका पुर्वअध्यक्ष समेत रहेका समिपको रेकर्ड भएको यो दोस्रो गजल हो । उनको २०६२ सालमा ‘भूगोलभित्र नकोरिएको देश’ गजल संग्रह प्रकाशित भएको छ ।

केशवराज आचार्यको स्वर तथा संगीतमा रहेको गजलको म्यूजिक भिडियोमा नायिका केकी अधिकारी र नरेन खड्काको फिर्चड छ । सपोटिप्स रोलमा जीवन खड्कालाई देख्न सकिन्छ ।

दीपा घिमिरे आचार्यको लगानि रहेको गजलको निर्देशन भने मोहनराज अधिकारीले गरेका छन् । जुगल डंगोलको म्यूजिक एरेज र अमृत सुनुवारले खिचेका भिडियोमा माधव बेलबासेले कैचिँ चलाएका छन् ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः सोमबार, असार १५, २०७७, २०:४९