काठमाडौंः लोक, आधुनिक, पप गायनमा छुट्टै परिचय बनाएकी गायिका दिपा कोईरालाले आफ्नो स्वरमा नयाँ गीत ‘कब्जा गर्यौ तिमीले…’बजारमा ल्याएकी छन् । उनको यो गीतको भिडियोलाई भिडियो क्राफ्ट युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

यो गीतलाई सुवर्ण कुमारले लेखेका हुन् । गीतमा संगीत पनि सुवर्णले नै दिएका छन् । गीत निकै कर्णप्रिय बनेको छ । यसको भिडियो पनि आकर्षक बनेको छ ।

प्रेम वियोगमा आधारित यो गीतमा त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ । भिडियोमा अभिनेता रमेश चन्द सोडारी र गायिका एवम् मोडल सरिता भारती मुख्य भूमिकामा छन् । उनीहरुको प्रेममा रमा आरएल ठकुरी र हेम श्रेष्ठ बाधक बनेका छन् ।


यो भिडियोलाई मोहनिस श्रेष्ठले छायाँकन गरेका हुन् । जसमा सम्पादन सुवर्ण कुमारकै रहेको छ । काजल क्रियसनकी फेसन डिजाईनर काजल शर्माको ड्रेस डिजाईन रहेको यो भिडियोमा बन्दना मगरातीको मेकअप रहेको छ । भिडियोको पोष्ट प्रोडक्सन विलक्षण क्रियसनमा गरिएको हो । यो भिडियो डब्बु क्षत्रीको निर्देशनमा तयार भएको हो ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल पुस ३ गते शुक्रबार, २१:०१