काठमाडौंः नेपाली साँगीतिक क्षेत्रमा अहिले निकै कलाकारहरु उदयमान भएका छन् तर पनि यहाँ गीत संगीतमा सबैले ठाउँ पाएका छैनन् र यो कठिन क्षेत्र पनि हो पुर्बेली लोक गायक दीपेन्द्र राईलेको आवाजमा धमाकेदार गीत बजारमा आएको छ ।
गायक राईले ‘बेल्टार बजार’ गीतको अपार सफलता पछि नयाँ गीत ‘सलल कोशी’ गायिका लीला राई सँगको डुएट पुर्बेली लोक भाका लिएर आएका छन् ।
पूर्वाञ्चल म्युजिकको प्रस्तुती रहेको यो गीतमा संगीतकार रुद्र श्रेष्ठको संगीत/शब्द रहेको छ भने संगीत संयोजन राम कार्कीले गरेका हुन् ।
गीतमा पूर्वेली गाउँबेसीको भाका र माया पिरतीका कुरा दर्शाउन खोजिएको छ ।
। म्युजिक भिडियोमा सन्ध्या राईलाई गायक दीपेन्द्र राई स्वयमले अभिनय गरेका छन् । साथै गायक रक्षक राई, रुद्र श्रेष्ठ लगायतका कलाकारहरुले साथ दिएका छन् ।
भिडियोमा आन्तरिक पर्यटकहरुका लागि गन्तब्य बन्दै गरेको हतुवागढी प्रबेशद्वार माइबेणी, हलेदेटार, कोप्चे, शिलौली भञ्ज्याङ, बेणी डाँडा माथिबाट कैद भएका अरुण पारीको सिम्ले, त्रिबेणी धनकुटा, दुधकोशी पारीको मैनामैनी अनी जेट बोट र सलल बगेको अरुण, दुधकोशी, तमोर सबै मिलेर बनेको सप्तकोशी वरपरका दृष्यहरु साच्चिकै मनमोहक देखिएको छ ।
रुद्र श्रेष्ठले निर्देशन गरेको यो भिडियोलाई सिनेमेटोग्राफर रीकेश बज्रचार्यले भिडियो सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस्ः
प्रकाशित मितिः २०७७ साल माघ ६ गते मंगलबार, २०:२९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook