काठमाडौंः बायर्न म्युनिखले दुई खेल अगावै जर्मन बुन्डेसलिगाको उपाधि जितेको छ ।

मंगलबार राति भएको खेलमा भरडाआ ब्रेमेनलाई १–० ले हराउँदै बायर्नले दुई खेल अगावै लिग उपाधि जितेको हो ।

बायर्नका लागि रोबर्ट लेवान्डोस्कीले निर्णायक गोल गरे ।

खेलको ४३ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई महत्वपूर्ण तीन अंक दिलाए ।

जितसँगै बायर्नले ३२ खेलमा ७६ अंक जोड्दै उपाधि पक्का गरेको हो । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमण्डको ३१ खेलमा ६६ अंक रहेको छ ।

पराजित ब्रेमन २८ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।

बायर्नले सन् २०१३ देखि बुन्डेसलिगामा लगातार जित निकाल्दै आईरहेको छ ।



प्रकाशित मितिः बुधबार, असार ३, २०७७, १२:०१