दिल्लीः भारतको दिल्लीस्थित चिडियाखानामा एक बंगाल टाइगर र ह्वाइट टाइगरको विवाह गरिएको छ । चडियाखानाका कर्मचारीका अनुसार, दुई दिन अघिदेखि उनीहरुलाई सँगै राखेर विवाह गराइदिने चलन छ ।
उनीहरुका अनुसार ‘एक प्राइभेट घेराभित्र यी दुईलाई राखियो । हामी दुबैबीचको केमेस्ट्रि, एक अर्कासँग झगडा गर्छन् गर्दैनन् भन्ने हेर्यौ। तर दुबैले एक अर्कालाई सुँघिरहेको देख्यौं । उनीहरुको सहमती भएको भान भयो अनी विवाह गरिदियौं।
इन्डियन एक्सप्रेसमा छापिएको एक रिपोर्ट अनुसार बाघ हेर्न चिडियाखाना पुगेकालाई जब उनीहरुको विवाह हुँदैछ भन्ने जानकारी भयो तब त्यहाँ मानिसहरुको भीड नै जम्मा भएको थियो।
।
करण नाम राखिएको भाले (रोयल बंगाल टाइगर) को उमेर पाँच वर्ष हो । पोथी ह्वाइट टाइगरको उमेर भने तीन वर्ष हो । सन् २०१५ मा जन्मिएकाले यसको नाम निर्भया राखिएको थियो ।
एजेन्सी
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook