काठमाडौंः गृहमन्त्रालयले नेपाल प्रहरीका दुई डीआईजीहरुको काज सरुवा गरेको छ। बिहिवार भएको गृह मन्त्रीस्तरीय निर्णय अनुसार महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख रहेका डीआईजी शैलेस थापा क्षेत्री को प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ।

सचिवालयमा सरुवा भएसंगै डीआईजी थापाले केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारी पाउनेछन्।


। करिब डेढ बर्ष अगाडी एसएसपी हुँदापनि डीआईजी थापा नेपाल प्रहरीको केन्द्रिय प्रवक्ता थिए।

हालका प्रहरी प्रवक्ता डीआईजी बिश्वराज पोखरेलको महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुखको जिम्मेवारी पाएका छन्। गृहमन्त्रालयले केही प्रदेश प्रहरी प्रमुख र केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व परिवर्तन गर्ने तयारी गरेको छ।


प्रकाशित मितिः बिहीबार ०३ पौष, ०७:२७