नुवाकोटः भरुवा बन्दुक दुई थान सहित नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ बाट बुधबार दिउँसो प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २० वर्षीय गुरु दोर्जे शेर्पा रहेको प्रहरीले जनाएको छ ।

शेर्पाले घरमा भरुवा बन्दुक लुकाईछिपाई राखेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले उनको घर नजिकै रहेको सालको रुखमा लुकाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी शेर्पालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बिहीबार, पुस २४, १४:३४