काठमाडौंः नेकपाका महासचिव विप्लवले एमाले र माओवादी केन्द्रबीचको एकता क्रान्तिका भगौडा र नाम कटुवा कम्युनिष्टहरुको गठजोड मात्रै भएको बताएका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै महासचिव विप्लवले एकतालाई गठजोड मात्रै भएको बताउँदै उनले, टाट पल्टिएको बैंकहरुको होल्डिङ व्यापारी संघको विलयबाहेक अरु भन्न नमिल्ने बताएका छन् ।

विज्ञप्तिमा भनिएको छ– उनीहरुले एकता गरेर ऐतिहासिक र अद्भुत कार्य गरेको, नयाँ युगको शुरुवात भएको जनताको आकांक्षा पूरा गरेको, देश शान्ती, समृद्धि, स्थिरता र विकास शुरु हुनेसम्म भन्न भ्याएका छन् । यसले उनीहरु आफैलाई असुरक्षा र तनावबाट केहि समयका लागि हल्का बनाउला र राहत महसुस होला तर यसले भयानक राष्ट्रघात, जनघात र नेता कार्यकर्तामाथि दमन भएको छ ।


जनाता भयङ्कर अभाव, उत्पीडन र दमनमा पर्ने देखिन्छ तसर्थ, सबैतिर रहेका कान्तिकारीहरु माक्सवाद–लेनिनबाद–माओवाद र एकीकृत का्रन्तिको मार्गमा गालबन्द हुन जुटौं । सच्चा क्रान्तिकारीहरुको एकता त्यहि प्राप्त हुन्छ । देश र जनताको वास्तिविक शान्ति, समृद्धि पनि वैज्ञानिक समाजबाट मात्रै सम्भव रहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति