काठमाडौः झापा र इलाममा दुई जना बालिकाको पानीमा डुबेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाको शिवसताक्षी नगरपालिका–१ बस्ने नरनाथ राईको ४ वर्षीया छोरी खानुमा राई पोखरीमा डुबेर मृत्यु भएको छ ।

आँगनमा खेल्ने क्रममा घर नजिकै रहेको पोखरीमा डुबिरहेको अवस्थामा आफन्तजनले देखेपछि तत्काल बालिका राईलाई उद्धार गरी अस्पताल पुर्‍याइए पनि उनको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा बुधबार दिउँसो मृत्यु भएको हो ।

यस्तै इलामको माई नगरपालिका–५ रमितेका जीवन मगरको १८ महिने छोरी जमुना मगरको बाल्टिनमा राखेको पानीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार जमुना खेल्ने क्रममा आफ्नै आँगनमा राखिएको बाल्टिनको पानीमा डुबेर घाइते भएकी उनको उपचारका लागि बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।


 


प्रकाशित मितिः बिहिबार, असोज २३, १३:०५