झापाः झापाको कन्काइ नगरपालिका–१ जामुनखाडी चोकमा बिहीबार साँझ दुई ओटा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरीको धरानका १८ वर्षीय अजिव राई रहेको प्रहरीले जनाएको छ ।

को ३४ प ७९०४ र को ३३ प १०५० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा ७९०४ नम्बरको मोटरसाइकलका चालक अजिव गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि अस्पताल लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

यस्तै, सोही मोटरसाइकलमा पछाडि चढ्ने २२ वर्षीय सविन राई र अर्का मोटरसाइकल चालक मोरङको विराटनगर महानगरपालिका–७ का ४५ वर्षीय डम्बर बहादुर गुरुङ घाइते भएका छन् ।


घाइते भएका सविन र डम्बरको वि एण्ड सी अस्पताल विर्तामोडमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०९:२०