काठमाडौंः युएईको दुबईमा पहिलो पटक गायक नरेन्द्र प्यासीको एकल साँझ आयोजना हुने भएको छ ।

‘नरेन्द्र प्यासी म्युजिकल नाईट’ नाम दिईएको यस कार्यक्रम फागुन ३० गते (मार्च १३ तारिक) शुक्रबार साँझ बर दुबईको रेनेट्री होटलमा आयोजना हुने भएको हो ।

मार्च १३ शुक्रबार साँझ ६ बजेबाट सुरु हुने गायक प्यासीको एकल साँझ रेनेट्री होटलको नसा दोहोरी साँझमा आयोजना हुँदैछ ।

‘के भुल भयो प्रिया म संग बोल्दिनौ’, ‘तिमीले दिने माया’, ‘तिमी बिनाको जीवन सोच्नसम्म’लगायतका दर्जनौं कर्णप्रिय गीतका गायक प्यासीको दुबईमा पहिलो कार्यक्रम भएकाले पनि यस कार्यक्रमलाई महत्वका साथ हेरिएको छ ।


गायक प्यासी र आयोजक कमिटीका सदस्यहरुले नरेन्द्र प्यासी म्युजिकल नाईटमा उपस्थित भएर सांगीतिक आत्मियता साट्नका लागि दुबईमा रहेका सम्पुर्ण नेपालीलाई अनुरोध गरेका छन् ।


प्रकाशित मितिः आइतबार, फागुन २५, १२:१०