काठमाडौंः यति एयरको जहाज दुर्घटनाबाट जोगिएको छ ।

आइतबार काठमाडौंबाट पोखराका लागि गएको एएचयू–६८१ नम्बरको जहाज हाइड्रोलिक फेल भएपछि विमानस्थलको रनवेभन्दा बाहिर घाँसे मैदानमा गएको हो।

दिउँसो २:४५ बजे अवतरणपछि पार्किङमा जाने क्रममा जहाज रनवेभन्दा बाहिर घाँसे मैदानमा गएपनि यात्रु र चालक दलका सबै सकुशल छन्।

विमानमा चालक दलका ३ सदस्य सहित ३३ जना यात्रु थिए ।

फाइल तस्विर