बाँकेः बैजनाथ गाउँपालिका–१ चिसापानी बजारबाट दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला १ थान, कस्तुरीको बिना १ थान र भालुको पित्त २ थान सहित दैलेख चामुण्डा नगरपालिका–२ बस्ने ४२ वर्षीय चिन बहादुर थामी मगर लगायत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उक्त ओखेटोपहार सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ६ गते शुक्रबार, १७:५२