काठमाडौंः तारकेश्वर नगरपालिका–९ मनमैजुबाट करिब ६ फिट २ ईन्च लम्बाई र १ फिट २ ईन्च चौडाई भएको दुर्लभ बन्यजन्तु बाघको १ थान छाला सहित प्रहरीले एक जनालाई मंगलबार दिउँसो पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने लम्जुङको दुधपोखरी गाउँपालिका–२ घर भएका ५३ वर्षीय बृस राज घले रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उक्त क्षेत्रमा प्रतिबन्धित दुर्लभ बाघको छाला अबैध रुपमा किनबेच गर्नको लागि लुकाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ महाशाखाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा राज घलेको कोठाबाट उक्त बाघको छाला फेला पारी पक्राउ गरेको महाशाखाका सुचना अधिकृत
प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।
।
उनलाई आवश्यक कारबाहीको लागि जिल्ला बन कार्यालय हात्तिसार, काठमाडौं पठाईएको उनले बताए ।
प्रकाशित मितिः २०७७ साल पुस २९ गते बुधबार, २१:०७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook