काठमाडौंः ललितपुरको ईमाडोलबाट प्रहरीले दुर्लभ रेडपाण्डाको छाला सहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ बस्ने ४३ वर्षीय सुनिल गोले, सिन्धुपाल्चोक बलेफी गाउँपालिका–४ घर भई हाल भक्तपुर ठिमी बस्ने २४ वर्षीय प्रकाश तामाङ, भोजपुर ट्याम्केमैयु गाउँपालिका–२ घर भई हाल ललितपुर टिकाथैली बस्ने ४१ वर्षीय सन बहादुर राई, खोटाङ दित्तेल नगरपालिका–३ घर भई हाल ललितपुर टिकाथली बस्ने १८ वर्षीय सोनाम राई, ताप्लेजुङ फत्तङलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर इमाडोल बस्ने ३५ वर्षीय दिपक लिम्बु र सिन्धुली तिनपाटन गाउँपालिका–३ घर भई हाल ललितपुर इमाडोल बस्ने २४ वर्षीय अम्बर बहादुर तामाङ रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।


महालक्ष्मी नगरपालिका–४ इमाडोल स्थित दिपक लिम्बुको घरमा रेड पाण्डाको छाला किनबेच गरिरहेको अवस्थामा महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।

उनका अनुसार प्रहरीले उनीहरुको साथबाट ३ फिट ३ इन्च लम्बाई १ फिट चौंडाई भएको रेड पाण्डाको छाला र विभिन्न ब्राण्डका ७ थान मोबाइल बरामद गरेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २३ आइतबार, १६:१८