उदयपुरः उदयपुरको त्रियुगा नगरपालिका–११ पिपल चोकबाट दुर्लभ वन्यजन्तु सालकको खबटा सहित एक जना पक्राउ परेका छन् ।

नगर प्रहरी कार्यालय गाईघाटबाट खटिएको प्रहरी टोलीले बिहिबार दिउँसो साउनेबाट गाईघाटतर्फ आउँदै गरेको स १ ह २६९० नम्बरको अटोलाई रोकेर चेकजाँच गर्ने क्रममा उक्त अटोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ३ सय ८० ग्राम दुर्लभ वन्यजन्तु सालकको खबटा बरामद गरेको हो ।

अटोबाट सालकको खबटा बरामद भएसँगै अटो चालक त्रियुगा नगरपालिका–१४ का ४१ वर्षीय पहलमान कट्वाललाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ५ शुक्रबार, १२:२७