रुपन्देहीः बुटवल उपमहानरगपालिका–५ नेपालगञ्ज रोडस्थित ग्राण्डी होटल अगाडिको बाटोबाट १ थान दुर्लभ वन्यजन्तु जिउँदो सालक सहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको सिराहा नगरपालिका–७ बस्ने ३६ वर्षीय मनोज कुमार कर्ण, सिन्धुली तिनपाटन गाउँपालिका–३ बस्ने ३२ वर्षीय लोक बहादुर तामाङ, सोही ठाउँ बस्ने ६० वर्षीय लाल बहादुर तामाङ, सर्लाहीको हरीओम गाउँपालिका–१० बस्ने ६६ वर्षीय सूर्य लामा र उदयपुर गाईघाट नगरपालिका–१ बस्ने ३५ वर्षीया नेत्रमाया राना रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त सालक सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, २०:५४