दक्षिण कोरियाः उत्तर र दक्षिण कोरियाका राष्ट्रपतिबीच दुवै देशको साझा शान्ति क्षेत्रमा भेटवार्ता भएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनबीच आज भएको शिखर वार्तामा १ वर्ष भित्र दुई देशबीचको युद्ध अन्त्य गरिने घोषणा गरेका छन् ।

उत्तर कोरियाले न्यूक्लियर हतियारको बिकास गरेकोमा अमेरिका, दक्षिणकोरिया लगायत बिश्वराष्ट्रहरुले विरोध जनाइरहेका बेला यी दुई नेताबीच दुबै देशलाई न्यूक्लियर हतियार मुक्त गर्ने घोषणा भएको छ ।

यी दुई नेताले छलफलपछि संयुक्त विज्ञप्ति प्रकाशित गरेका छन् । दुवै देशका शीर्षनेताहरुबीच निम्न बुँदाहरुमा सहमति समेत भएको छ ।


सहमतिका प्रमुख बुँदाहरु-

– कोरियाली प्रायदीपलाई न्यूक्लियर हतियार मुक्त बनाउने

– एक अर्को देशविरुद्धको गतिविधि अन्त्य गर्ने

– सैनिक तनाव कम गर्नलाई प्रायदीपमै हतियारको कटौती गर्ने

– डेमिलिटराईज क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा रुपान्तरण गर्ने, एक अर्काविरुद्धको प्रचार अन्त्य गर्ने

– दुई कोरियाबीच भएको युद्धको अवस्था अन्त्य गर्ने

– अमेरिका र चीनको समेत स‌लग्नतामा बार्ता गर्ने

– यस वर्षको एशियन गेमलगायतका खेलकुद गतिविधिमा संयुक्त सहभागिता बढाउने

– अन्तरदेशीय रेलवे र सडक सञ्जाल विस्तार गर्ने