काठमाडौंः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि देउवा होम आइसोलेसनमा बसेका छन् ।

देउवा होम आइसोलेसनमा बसेसँगै आजका लागि तय भएको संवैधानिक आयोगको रिक्त पदमा नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हुने छलफल पनि स्थगित गरिएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

सभापति देउवा कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र बैठकमा सहभागी हुने जनाएको छ ।

उनको भोलि कोरोनाको परीक्षण हुने स्वकीय सचिव देउवाले बताए ।



प्रकाशित मितिः बिहीबार, असोज १, २०७७, १३:१७