काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी अमिरमान मुल्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रजातन्त्र सेनानी मुल्मीको मंगलबार ललितपुरको हात्तीसारस्थित आफ्नै निवासमा ८५ वर्षका उमेरमा निधन भएको थियो ।

पूर्वप्रधानमन्त्री देउवाले आज शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगततर्फबाट समवेदना प्रकट गरेका छन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, २१:१२