काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई केन्द्रीय सदस्य, छ आमन्त्रित सदस्यसहित सात विभाग प्रमुख तोकेका छन् । नेता रामचन्द्र पौडेलसहित असन्तुष्ट पक्षको बिमतिबीच शनिबार १३ विभाग प्रमुख तोकेका सभापति देउवाले सोमबार त्यसलाई निरन्तरता दिएका हुन् ।

सभापति देउवाले धारा ४ (१०) (ग) र (ङ) अनुसार केन्द्रीय सदस्य र आमन्त्रित सदस्यमा मनोनित गरेका छन् । जंगीलाल राय (सर्लाही) र कर्णबहादुर बुढा (डोल्पा) लाई केन्द्रीय सदस्य तथा मोहनसिंह राठौर (कैलाली), शम्भुलाल श्रेष्ठ (सर्लाही), अभिषेख प्रताप शाह (कपिलवस्तु), दयाराम पाण्डे (लम्जुङ), जनकराज कलौनी (डडेल्धुरा) र भूमिबहादुर (विश्व) गुरुङ (स्याङ्जा) लाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।


उनले नियमावली नियम ५० अनुसार जेष्ठ राजनीतिज्ञसभामा ३० नेतालाई मनोनित गरेका छन् ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, ०८:१९