नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको असार ५ देखि तीन दिन हेटौंडामा हुने भेलामा शेरबहादुर देउवालाई हारको कारक बनाउने रणनीतिमा लागेका छन ।

पार्टीको पछिल्लो अवस्थाको कारक संस्थापन पक्षलाई बनाएर देउवालाई असफल बनाउन नेताहरुको आन्तरिक योजना बनाइ रहेका छन । नेताहरुले यस विषयमा आन्तरिक लविङलाइ तिब्र बनाएका हुन् ।

वैशाख १६ गते भएको कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी समीक्षालगायतका विषयमा छलफल गर्न जिल्ला सभापतिहरुको भेला हेटौंडामा गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णय पार्टी नेतृत्व गरिरहेका देउवाको समूह, पार्टी नेतृत्वप्रति असन्तुष्ट रामचन्द्र पौडेलको समूह र पार्टीमा युवा नेतृत्व हुनुपर्ने आवाज उठाउने गगन थापाको समूह सक्रिय रुपमा लागिरहेका छन।


। ती समूहहरुबीच आन्तरिक रणनीति बुनिएको नेताहरुको भनाइ छ ।

गुट उपगुटमा कमजोर भएको कांंग्रेसभित्र केन्द्र देखि गाउँ तहसम्म नै कांग्रेसलाई चलायमान र सशक्त बनाएर अघि बढाउन गर्नुपर्ने कामका बारेमा जिल्ला सभापतिहरु पनि गुटगत रुपमै छलफल गरिरहेका छन् ।

कांग्रेसभित्र देउवा र पौडेलबाहेक कृष्णप्रसाद सिटौला गुट रुपमा सशक्त छ । साथै अन्य प्रभावशाली नेताहरुको पनि उपगुटमा रहेका छन ।

लामो समयदेखि जिल्ला सभापति तथा महासमिति बैठक हुन नसकेको भन्दै पार्टी सभापति देउवाको पौडेल र थापा समूहले आलोचना गरेपछि जिल्ला सभापतिहरुको भेला हुने भएको हो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ।