डडेल्धुराः निर्वाचनपछि पहिलोपटक गृहजिल्ला पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भए ।

पार्टीको जिल्ला सम्मेलन उद्घाटन गर्न पुगेका देउवा शनिबार आफ्नै कार्यकर्ताबाट आलोचित भएका हुन् ।

देउवा बस्ने स्याउबारी रिसोर्टमा भेट गर्न आउनेको संख्या पनि निकै पातलो थियो ।

सभापतिज्यू, डडेलधुराका ७ पुस्ताले तपाईंलाई सराप्नेछन्, कांग्रेसको जिल्ला सम्मेलनमा महिला संघ अध्यक्ष कमला विष्टले भनिन्, डडेलधुराका जनतालाई ठूलो धोका दिइएको छ ।

जिल्ला सभापति कर्ण मल्लले पनि देउवाको आलोचना गरे । आफूले संगठनका लागि काम गर्दा गर्दै नेतृत्वबाट पटक पटक लखेट्ने काम भएको उनले आक्रोश पोखे ।


देउवा बोलिरहँदा कार्यकर्ताले स्वेच्छाचारी बन्न पाईंदैनु भन्दै नाराबाजी गरो थिए । कान्तिपुर दैनिकमा समाचार छ ।