काठमाडौँ : देवस्थलमा चढाइएका भेटी सिधै पुजारीको खल्तीमा जाने प्रवृत्तिको अन्त्य गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले भेटीघाटी व्यवस्थापन निर्देशिका जारी गरेको छ ।

चढाइएका भेटी अबदेखि सिधै पुजारीको खल्तीमा नजाने भएको छ । यो निर्देशिकाबाट देशभरका नाम कहलिएका मन्दिरको भेटी व्यवस्थापन हुने छ ।

स्थानीय तहमा गठित मन्दिर व्यवस्थापन समितिले मठका मठाधीश, पुजारी वा मन्दिरमा आवश्यकताअनुसार सेवक सेविका नियुक्त गर्नसक्ने गरी बाटो खोलेको छ ।

पशुपतिनाथ मन्दिरको व्यवस्थापन विशेष प्रकारको रहेकाले पछिल्लो निर्देशिकाले पशुपतिनाथलाई नसमेट्ने बताइएको छ ।



स्थानीय तहमा चलि आएको परम्परालाई कायम रहने गरी समितिलाई मठमन्दिर वा गुम्वा व्यवस्थापनको अधिकार दिइएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।