काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज मुलुकका विभन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ ।

आज विहान महाशाखाले हाल देशभर मनसुनी (दक्षिण -पश्चिमी दिशाबाट बहेको अरेबियन सागरबाट प्रवाहित शाखाको) वायुको प्रभावका साथै मनसुन न्युन चापीय रेखा नेपाल नजिक रहेको हुँदा केही स्थानमा वर्षा भइरहेको र अधिकांश स्थानमा बदलीरहेको जनाएको छ ।

महाशाखाले देशभर धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेश का थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ सहित भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ।


देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश ५का एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

देशको सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघ गर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेश का एक-दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।