२००६ सालपछि स्थापना भएको नेपाल कम्युनिस्ट पार्टी २०१९ सालपछि बिच-बिचमा टूटफूट हुँदै धेरै दलहरुले जन्म लीन पुगे । त्यसमध्ये ठुला दलका रुपमा रहिरहेका २ दल नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रले बिहीबार साढे सात महिनादेखिको एकता प्रयासलार्इ सफल बनाउँदै एकै ठाउँमा जोडीएर आफुलार्इ शक्तिशाली पार्टी घोषणा गरेका छन् ।

पार्टी घोषणा गर्दै २ दलको एकताले राष्ट्रलार्इ सधैंका लागि माथि उठाउने बताएका छन् । देशमा राजनितिक स्थिरता, बिकाश र समृध्दिको यात्रामा नयाँ अध्याय सुरुभएको पनि उनीहरुले बताएका छन् । राजनितिक स्थायित्व,शान्ति र समृद्धी साथै दियो बिकासको लक्ष्यलार्इ पूर्णता दिँदै लामो समय देखि यतावत् रुपमा रहँदै आइरहेका जनताका आवश्यकता र चाहानालार्इ उचित सम्बोधनका माध्यमबाट पूरा गरिने पनि घोषणा सँगै बताएका छन् ।


। नेपाली जनतालाई सधैका लागि सुखी बनाइराख्नका लागि हिजोको पार्टी एकीकरणबाट बलियो आधार सिर्जनाहुने पनि घोषणा गरेका छन् ।

राजधानीको सभागृहमा भएको एकता घोषणाका क्रममा बोल्दै, नेपाल कम्युनिस्ट पार्टीका सहअध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी हिन्दमहासागर भएको बताएका छन् । यसक्रममा बोल्दै ओलीले भने कोशी,सेती र कर्णालीमा मिसिएर बग्ने सहायक नदीको पानी छुट्याउन सकिदैन भने हिन्दमहासागर मा त्यस्ता नदीको पानी कहाँ होला भनेर सोच्न समेत नसकिने बताएका छन् । यधपी उनीहरुले अन्य साना दलहरुलाइ समेत आफुहरु सँग मिसिएर अगाडी बढ्न आग्रह गरेका छन् ।

उनले भने , आफुहरु एक—अर्कामा मिसिएर रहेको मात्र नभई अन्तरघुलित भइसकेका छौं । आफूहरू बिच कसैले कसलाई भेदभाब नगरिने बताउँदै योग्यता र क्षमताका साथ जिम्मेबारी हेरफेर गरिने र अब नेपाल कम्यूनिस्ट पार्टीकालागि दुइ तिहाई सामान्य जोडघटाउको कुरा बताउँदै आफूहरुको बर्चस्व सधा-सधाका लागि कायम रहने कुरा पनि ब्यक्त गरे ।

यसै क्रममा बोल्दै अर्का सहअध्यक्ष पुष्पकमल दाहालले इतिहासमा धेरै कम्युनिस्ट पार्टीले आन्दोलनका क्रममा ठुला-ठुला त्याग र बलिदान गर्दै आएका र सत्तामा पुगेपछि भ्रस्ट र स्खलित भएको उदाहरण देखाउँदै अब यो पार्टी एकतासँगै मुलुकलाई स्थिरता, समृद्धि र सुशानको जिम्मेबारी आफूहरुले लिएको बताए ।