काठमाडौंः स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन ।

हाल नेपालको पश्चिमी तराई भूभागका अधिकांश स्थानमा बाक्लो हुस्सु–कुहिरो र वाँकी तराई भू–भागका एक–दुई स्थानमा हल्का हुस्सु–कुहिरो लागेको छ ।

शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने मौसमविदले बताएका छन् ।

यस्तै राति प्रदेश १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।



प्रकाशित मितिः ३ पुस २०७७, शुक्रबार, ०७:३३