काठमाडौंः देशका अधिकांश क्षेत्रको मौसम मंगलबार सामान्यतया सफा रहेन जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि देशका अधिकांश क्षेत्रमा मौसम सफा नै रहने भएको हो ।

अहिले देशको पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराई भू–भागमा हुसु र कुहिरो लागेको छ ।

मंगलबार दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ।

राति सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तापक्रम चिसो रहिरहने तथा तराई र पहाडी भू–भागका केही स्थानमा बिहानीपख हुस्सु–कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।



प्रकाशित मितिः १४ पुस २०७७, मंगलबार, ०७:४०