काठमाडौंः आज देशभरको मौसममा बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर सामान्य बदली रहने जनाएको छ । त्यस्तै केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भू-भागमा हिमपात हुने पूर्वानुमान गरिएको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका भू-भागका केही स्थान तथा लुम्बिनी, बागमती र प्रदेश १ का भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


यसैगरी, आज राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको साथै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुका केही स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश १ का भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेकोले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ। बदली, वर्षा र हिमपातका कारण अधिकतम र न्यूनतम तापक्रममा केही गिरावट आएर देशैभरि चिसो बढ्ने सम्भावना रहेकोले चिसोबाट बच्न सजग रहनसमेत महाशाखाले अनुरोध गरेको छ।

राति देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका भू-भागहरुका केही स्थानहरु तथा लुम्बिनी, बागमती र प्रदेश न। १ को भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ।


प्रकाशित मितिः २० पुस २०७७, सोमबार, ०७:४२