जहाँ चाहानाहरुको पनि हत्या हुन्छ
त्यहा कसरी जिउने अबस्था हुन्छ

रित्तो आत्मा बोकेर जाने मन होइन
गरीबलाई देश छोडनु बाध्यता हुन्छ

त्यसैगरी मजा लिनुहोस् आँसु बगाउदा
जसरी बर्षापछि धर्ती कति सफा हुन्छ

मैले चाहेर मात्र के नै भयो जिन्दगीमा
तिमी राजी भए पो सबथोक पूरा हुन्छ

झट्ट हेर्दा भरियाको भारी मात्र देखियो
देखिदैन भरियाको आफ्नै सपना हुन्छ